Survivor's Account of a Flood Rescue

ती moment त एकदम अँध्यारो थियो, डरलाग्दो पनि थियो। तर

मलाई चाहिँ डरको त्यस्तो अनुभूति भएन। हुन दिनमा आफूलाई

केही थाहा भएन। दिन हो कि रात हो, time हो कि के हो? कुन दिन हो?

कति गते, कति दिन बित्यो हामीलाई केही थाहा भएन।

त्यसपछि

अचम्म लाग्यो। यो प्रलयकारी

सम्भावना जुन कल्पना नै नगरिएको।

कन्ट्रोल रूममा हामी दुई चार जना मात्रै थियौँ नि। हामीलाई मात्रै सुरुमा

जानकारी भो। अरूहरूलाई केही जानकारी छैन। अरूलाई भनेपछि मात्रै

जानकारी भो। अब कोही यो floor मा थियो, कोही तलमा थियो

तलमा। तर सबैलाई जानकारी भएपछि सबै नि माथि आए,

भागे। ठुलो बाढी आइसकेपछि म पनि त्यहाँ कन्ट्रोल रूम छोडेर

आफ्नो rescue को लागि निस्के बाहिर। High speed ले

निस्केँ म। बाहिर निस्किएनि त के हाम्रो भेट चाहिँ कवीर महर्जन सरसँग भो, जो

कि अहिले hospital मा हुनुहुन्छ। उहाँसँग भेट भो।

हामी दुवैजना हात समातेर six floor माथिसम्म पुग्यौँ। तलको बाटो हामी follow

गरएनौँ। तलको बाटोबाट पानी छिर्छ भनेर हामीलाई थाहा लागिसक्यो।

माथिको बाटो follow गर्‍यौँ। Six floor मा जाँदाखेरि त पानी त्यत्रो ठुलो भएर

माथिको बाटोलाई पनि छोडेको रहेनछ। त्यहाँ त ठुलो ठुलो काठ,

अरू के केलाई बगाएर ल्याएर पानी आउनु अगाडि अलि हावा tunnel को

आयो, हावा लाग्यो हामीलाई। mobile थियो हातमा

त्यो पनि गयो। दुवैजनाको हात पनि

छुट्टियो। उहाँ कहाँ जानुभो, म कहाँ गएँ थाहा भएन।

अनि मलाई चाहिँ यति समय याद छ कि मलाई चाहिँ त्यहाँको सिढीमा

पानीले लडाउँदै तडाउँदै fifth floor मा लग्यो। Fifth floor मा

बालुवाहरूमा एउटा room मा लगिदियो। त्यहाँ पानी भरेपछि माथि नै पुगेँ

म। माथि पुगेपछि ventilation सम्मा थियो। ventilation सम्मा

после दुई तीन दिन त्यही बितायो। अब पानी बाहिर धेरै

छ, कहाँ गएर, गएर अफ्ठ्यारोमा परुम्। दुई तीन दिन बितायो।

अनि

केवलबाट पानी आउन चाहिँ बन्द भयो। Six floor

सुकिसक्यो। अनि त्यहाँबाट बाहिर निस्केँ म। छाम्दै छाम्दै यसो

वालहरू अँध्यारो थियो। लाइटको केही source हामीसँग

थिएन। अनि six floor मा यसो

सिढीनिर गएर माथिल्लो सीलिङतिर यसो गयो। Six floor मा झैँ

सुत्तेछु। संघर्षपूर्ण तरिकाले नै भनौँ,

प्रवेश गर्न सफल भएँ। अनि त्यहाँ गएपछि

पानी रहेनछ, सुखा रहेछ जे होस्। चिसो चिसो

बालुवा थियो, ठुल्ठुलो काठ थियो। त्यहाँ एकछिन

rest गरेँ। अनि भनेँ अब यहाँ आइसकेपछि यहाँ त केवल tunnel पनि यही

floor मा छ। जाने कोसिस गरौँ। अनि केवल

tunnel सम्म अलि अगाडि गयो भने पहिलेको पुर्वत

जुन मैले अनुभव थियो त्यो केवल tunnel को जति distance मा हुनुपर्ने,

जति height मा

पानीले त्यस्तो संरचना रहनै दिएछैन। बिगारेर भत्काएर बेग्लै

बनाइदिएको छ। अनि मेरो अनुभवले काम गरेन

त्यहाँ। अनि म, मलाई लाग्यो अब यो भन्दा अगाडि लेदोमा

गएर फस्नु, त्यमा गएर फस्नु अँध्यारोमा झन् खोलाको पानी

हो।

त्यमा सर्प, जिंगर के भासिएर आयो होला?

त्यस्तो risk किन लिनु त? म त्यहाँबाट जाउँ न। back भए पछाडि

फर्कें। wait गर्नतिर लागेँ। अनि सुखा ठाउँमा आएर

ठुलो काठ थियो। तल त अब चिसो थियो। त्यमा ढलेँ भने झन् छेउमा पाँच तल्ला पानी

थुल्या छ। त्यसको चिसोले गर्दा कपडा पनि फुल्ला थिएन, हाफ सर्ट

थियो। चिसो धेरै लाग्ने। अनि काठ थियो। काठमाथि

यसो ढलेँ। पानीसानी त्यही थियो side बाट।

बोतलमा पानी ल्यायो। खाइन्थ्यो

छानेर। पानी पनि पर्थ्यो, धमिलो पानी थियो।

त्यसमा पनि mobile मिस्या थियो। खानै अफ्ठ्यारो। तैपनि

कपडाले छानेर

खायो। बीचमा चाहिँ हामी कवीर सरसँग हल्ला गरेर कुराकानी

पनि हुने गराउँथ्यो। छेवै हुनुहुन्थ्यो। अनि last दिन जुन rescue

गरियो त्यो दिन दस बाह्र घण्टा अगाडिदेखि हामी चाहिँ

JCBहरूको आवाज बाहिरबाट टनेलमा सुन्न थाल्यो भने हाम्रो अलि हौसला,

अलि hope जाग्यो कि कतै पनि साथीहरू हामीलाई उद्धार

गर्न आइराखेको हुनुहुन्छ। नेपाली सेना हाम्रो उद्धार

कार्यमा संलग्न हुनु, हुनुभएको छ। विश्वास

भयो अनि ठ्याक्कै उहाँहरू नेपाली सेनाहरू

उद्धार गर्न नजिकै आइसके पनि मलाई थाहा भएन। किनभने त्यतिबेला म

निन्द्रामा थिएँ, सुतिसक्या थिएँ। अनि वहाँ कवीर महर्जन

सरलाई माथि tunnel माथि हुनुहुन्थ्यो वहाँ फसेको,

केवलको माथिमाथि। अनि उहाँलाई निकाल्न गाह्रो भयो,

आनीहरूलाई।

अनि आउनु आउनु हल्लागुल्ला भयो। त्यहाँनिर torch सर्च बल्ल्यो। अनि मैले निन्द्रा

बिझ्यो। झट्ट हेर्दैछु tunnelमा उता light धेरै बल्लैछ। मान्छेहरू

हल्ला गरिराखेका छन्। अनि बिझेर अलि म पनि त्यहाँ टस्केर गएँ

अलिकति। हेर्दैछु मान्छे आछ भने यसो म हात हल्लाएँ। म

पनि छु यहाँ भनेर।

अनि तत्काल वहाँ कवीर सरलाई छोडेर मलाई नै सहज भयो

निकाल्न भने पहिले मलाई नै निकालेको। हामीलाई आधी घण्टा time

मात्रै भएको भए हामी सबैजनालाई बचाउँथ्यौँ। सबैजनालाई एक,

एक जना पनि loss हुन्थेन, आधी घण्टामा। आधी घण्टा

time भएन हामीलाई के। आधी घण्टा भएको भए हो tunnelबाट बाहिर निकालेर maximum

heightमा पुर्‍याउँथ्यौँ। पहाड नजिकै थियो त्यो। तर धेरै

संघर्षपूर्ण तरिकाले नेपाली सेनाले हामीलाई उद्धार गरेको

हो। अब tunnelमा यति मात्रै space थियो तल।

त्यो माथि उहाँहरूले सुतेर त्यसमाथि पिठ्ठीमा लागेर रसीले तानेर।

अफ्ठ्यारो नै थियो त्यो process, rescueको process मैले

देखेँ।

End of transcript · 749 words

iPhone app Translate videos on your iPhone Paste a TikTok, Instagram or X link, add subtitles in your language and save the video to Photos.

Read any video in your language

Paste a link from X, TikTok, YouTube or Instagram. You get a page like this one.

© 2026 TranslateMom Transcripts Sources Pricing Legal